काठमाडौं । नेपाली इथिकल ह्याकर, साइबर सुरक्षा विज्ञ तथा यस क्षेत्रमा रुचि राख्नेहरूको समुदाय ‘पेनटेस्टर नेपाल’ले आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा विशेष सम्मेलन आयोजना गर्ने भएको छ । ‘ओस्वाप काठमाडौं’ सँगको सहकार्यमा आगामी शनिबार राजधानीको विशालनगरस्थित हेराल्ड कलेजमा यो कार्यक्रम सञ्चालन हुन लागेको हो ।साइबर सुरक्षा समुदायका सदस्यहरूलाई एकै ठाउँमा भेला गराई ज्ञान आदानप्रदान गर्ने र आपसमा सहकार्यको अवसर प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागेको पेनटेस्टर नेपालले जानकारी दियो ।शनिबार बिहान ११:३० बजेदेखि सुरु हुने कार्यक्रममा साइबर सुरक्षाका विभिन्न आयामबारे विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् ।कार्यक्रममा सहभागिताका लागि आयोजकले यसअघि नै आवेदन खुला गरेकोमा, छोटो समयमै तोकिएको कोटा पूरा भएपछि हाल दर्ता प्रक्रिया बन्द गरिएको छ ।सम्मेलनमा विज्ञहरूको प्रस्तुतिसँगै पुरस्कार वितरण, उपहार प्रदान तथा नेटवर्किङका लागि विशेष सत्रहरू सञ्चालन हुनेछन् ।यसै अवसरमा पेनटेस्टर नेपालले ‘क्याप्चर द फ्ल्याग (सीटीएफ) २०२६ प्रतियोगिताको समेत घोषणा गरेको छ । मुख्य कार्यक्रम चलिरहँँदा छुट्टै स्थानमा यो प्रतिस्पर्धा हुनेछ । सीटीएफ प्रतियोगितामा सहभागी हुन चाहने यहाँ क्लिक गरी आफ्नो टिम दर्ता गर्न सक्नेछन् ।

नेपाली इथिकल ह्याकर, साइबर सुरक्षा विज्ञ तथा यस क्षेत्रमा रुचि राख्नेहरूको समुदाय ‘पेनटेस्टर नेपाल’ले आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा विशेष सम्मेलन आयोजना गर्ने भएको छ
Related Posts
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब/पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको छ
सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब/पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको…
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय
सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार…
बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको आग्रह
काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटिरहेको…



